पोखरा- पोखरामा करेन्ट लागेर उपचाररत एक् युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ प्रगती मार्ग घर भइ हाल ग्लोबल प्लाष्टिक उद्योगमा काम गर्दै आएका वर्ष २३ का विशाल रायमाझीको उद्योगमै काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई तत्काल नयाँबजारस्थित गण्डकी मेडिकल कलेज लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।