स्याङ्जा - स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका ६ स्थित टक्सार पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए ।
सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस कसरी जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चालक र सह चालकले मापसे गरेका रहेछन् एसपी बोगटीले भने बस कसरी जल्यो भन्नेबारे अनुसन्धान गर्दैछौं । इन्सुरेन्स रकम दावी गर्नका लागी पनि बस चालकले बस जलाएको हुनसक्ने आशंका गरिएको छ । पोखरा महानगरपालिका २१ कृष्टि बस्ने चालक सुभाष केसी आफैं बसका धनी हुन् ।