Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १६:११:१९ बजे
  • 1.4K
    SHARES
  • लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

    लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।

    images

    आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो। आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो।

    योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।  

  • सम्बन्धित विषय:

  • # लोकसेवा आयोग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology