Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोठमा आगलागी हुँदा सात र तीन बर्षका दाजुबहिनीको मृत्यु

गोठमा आगलागी हुँदा सात र तीन बर्षका दाजुबहिनीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १६:१४:२३ बजे
  • 1.1K
    SHARES
  • गोठमा आगलागी हुँदा सात र तीन बर्षका दाजुबहिनीको मृत्यु

    प्युठान - प्युठानको गौमुखी गाउँपालिका-३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।

    images

    आज बिहान करिब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

    घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ।

    अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। रासस

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology