Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

उकालो लाग्दै कोरोना : २४ घण्टामा नेपालमा थप ३३९ जनामा संक्रमण पुष्टि

उकालो लाग्दै कोरोना : २४ घण्टामा नेपालमा थप ३३९ जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १६:५३:०९ बजे
  • 1.6K
    SHARES
  • उकालो लाग्दै कोरोना : २४ घण्टामा नेपालमा थप ३३९ जनामा संक्रमण पुष्टि

    पोखरा - पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।

    देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology