Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश

बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १८:२७:२५ बजे
  • 820
    SHARES
  • बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

    images

    बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

    यसमा प्रजिअ सकारात्मक भएपनि निकास दिन जति ढिला भए समस्या झन जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर ५ बुँदे निर्णय गरेको छ।

    भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बिस्काः जात्रा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology