Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा एक घरमा आगलागी हुदाँ एक जना वृद्धकाे घर जलेर पूर्णरुपमा क्षति

लमजुङमा एक घरमा आगलागी हुदाँ एक जना वृद्धकाे घर जलेर पूर्णरुपमा क्षति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १८:५१:०२ बजे
  • 1.7K
    SHARES
  • लमजुङमा एक घरमा आगलागी हुदाँ एक जना वृद्धकाे घर जलेर पूर्णरुपमा क्षति

    लमजुङ - लमजुङमा एक घरमा आगलागी हुदाँ एक जना वृद्धकाे घर जलेर पूर्णरुपमा क्षति भएको छ । खाना पकाउने चुलोमा रहेको आगो बिस्तारामा सल्केर आगलागी हुँदा लमजुङको दोर्दी गाँउपालिका वडा नं ५ तल्लो पाचोकका ७० वर्षीय वृद्ध मेकरास घलेको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

    images

    वृद्ध घलेको घरमा खाना पकाइ सकेपछि चुलोमा रहेको आगो नजिकैको बिस्तारमा सल्किएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । आगलागीबाट १ तल्ले घर पूर्णरुपमा क्षति भएको छ । घरमा रहेको भाँडावर्तन, अन्नपात र लत्ताकपडा गरी झण्डै ५ लाख बराबरको क्षति भएको पोखरेलले जानकारी दिए । घटनामा कुनै मानिस र जनावरलाई क्षति नभएको पनि जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology