Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा फुस्रे खोलाबाट दुई युवा लागुऔषध सहित पक्राउ

पोखरा फुस्रे खोलाबाट दुई युवा लागुऔषध सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २५, २०७७ बुधवार • १८:५५:३८ बजे
  • 3.4K
    SHARES
  • पोखरा फुस्रे खोलाबाट दुई युवा लागुऔषध सहित पक्राउ

    पोखरा - कास्की प्रहरीले पोखरा फुस्रे खोलाबाट दुई युवालाई लागुऔषधसहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने ३१ वर्षीय सुरज कुमार क्षेत्री र स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं २ घर भइ हाल बिरौटा बस्ने ३२ वर्षीय दीपक कुँवर रहेका छन् ।

    images

    ग १६ प ५१५७ नं.को स्कुटरमा सवार क्षेत्री र पछाडि बस्ने कुँवरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले हिजाे साढे २ बजे महानगरको वडा नं २१ फुस्रे खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले दिएको जानकारी अनुसार उनीहरुका साथबाट फेनारगन ७० एम्पुल, डाईजापाम ७४ एम्पुल र नोर्फिन ६६ एम्पुल गरी जम्मा २१० एम्पुल लागु औषध फेला परेको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • # लागु औषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology