पोखरा - पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार विध ल्याब ललितपुर, क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा ४० र ५० वर्षीय २ पुरुष ,५ नम्बर वडामा ४ जना १६ वर्षीय १ जना किशोर ,पोखरा ६ मा २६ वर्षीय १ जना महिला सहित १७ वर्षीय १ जना किशोर तथा ३६ र ३९ वर्षीय २ जना पुरुष , वडा नम्बर ८ मा ५ जना २३ वर्षीय १ पुरुष सहित ३०, ५१, ६० र ८५ वर्षीय ४ जना महिला,वडा नम्बर १० मा ७८ वर्षीय १ पुरुष तथा ११ मा ४२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसै गरी १३ नम्बर वडामा २ जना ५० र ५६ वर्षीय महिला ,पोखरा १७ मा ५ जना १६ वर्षीय १ जना किशोरीसहित २३, २६ र ४६ वर्षीय महिला १९ वर्षीय १ जना किशोर ,वडा नम्बर २४ मा २२ वर्षीय १ जना महिला ,वडा नम्बर २५ मा ३ जना ४२ वर्षीय १ जना महिलासहित ४० र ५४ वर्षीय २ जना पुरुष ,२९ नम्बर वडामा ८९ वर्षीय १ जना पुरुष ,पोखरा ३० मा २ जना ३८ वर्षीय १ जना महिला तथा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशकै अर्को जिल्ला तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ की ४५ वर्षीय १ जना महिला तथा ४८ वर्षीय १ जना पुरुष रहेका छन् ।त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ की १७ वर्षीय किशोरी तथा वडा नम्बर ११ का ५८ वर्षीय पुरुष रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


