Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १०:०१:५३ बजे
  • 700
    SHARES
  • बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

    लकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।

    images

    बागलुङको ताराखोला गाउँपालिका-२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।

    कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

    विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा बनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।

    प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

    वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology