Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा तीन सवारीसाधन एक साथ ठक्कर खादाँ सापकोटाको मृत्यु

पोखरामा तीन सवारीसाधन एक साथ ठक्कर खादाँ सापकोटाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • ०९:५७:०१ बजे
  • 4.5K
    SHARES
  • पोखरामा  तीन सवारीसाधन एक साथ ठक्कर खादाँ सापकोटाको मृत्यु

    पोखरा - पोखरामा बिहीबार तीन सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

    images

    पोखरा ३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठक्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रहरी उपरीक्षक सिलवालका अनुसार बिहान ११:१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

    ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology