Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

बारामा गाउँपालिका अध्यक्ष जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना

बारामा गाउँपालिका अध्यक्ष जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १४:२९:१३ बजे
  • 1.3K
    SHARES
  • बारामा गाउँपालिका अध्यक्ष  जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना
    बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् । 

    ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

    बाराका प्रमुख जिल्ला अधिकारी रुऽप्रसाद पण्डितका अनुसार देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अताए । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।

    संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ ।‘स्वाब दिएर पनि कतिपय बाहिर गएका रहेछन् । उनीहरुलाई सम्पर्कमा ल्याउने र आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ उनले भने ।

    गाउँपालिकामा निषेधाज्ञा

    एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले देवताल गाउँपालिकामा निषधाज्ञा जारी गरेको छ ।

    स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको जानकारी गराएका छन् ।

    प्रजिअले जारी गरेको सूचना अनुसार देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्  औषधी, ग्याँस, दुध, तेल बाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द गरिने, अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन बन्देज गरिने, अत्यावश्यक सवारी बाहेक मोटरसाइकल समेत सञ्चालनमा प्रतिबन्ध लगाउने, आसपासका पालिकाबाट आवागमन निषेध गरिएको, धार्मिक सास्कृतिक, सामाजिक कार्य गर्नमा रोक लगाईएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology