Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जना पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १२:४३:५७ बजे
  • 1.3K
    SHARES
  • स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जना पक्राउ

    पर्सा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-१० रानीघाट सडकखण्डबाट मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको हो।

    images

    पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ पश्रामपुरका ४५ वर्षीय तवारख देवान, ६० वर्षीय जोखन साई फकिर र आदर्शनगर-१० का ५० वर्षीय उमेश शर्मा छन्।ना१२प ५०७३ नम्बरको मोटरसाइकल चढेर हिँडिरहेका देवान र साईलाई प्रहरीले पक्राउ गरेको थियो।

    उनीहरूलाई स्रोत नखुलेको उक्त रकमसहित प्रक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।पक्राउ परेकाले सो रकमको कारोबारमा शर्मा संलग्न भएको बताएपछि उनलाई पनि पक्राउ गरिएको खनालले बताए।

    तिनै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई सात दिन थुनामा राख्न आदेश दिएको प्रहरी नायब उपरीक्षक खनालले बताए।

  • सम्बन्धित विषय:

  • # स्रोत नखुलेको रुपैयाँ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology