Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वत पैयुँ डाँडाकाहुँमा जंगलमा लागेको आगो बस्तीमा प्रवेश ,५ घर र १५ गोठ जलेर क्षति

पर्वत पैयुँ डाँडाकाहुँमा जंगलमा लागेको आगो बस्तीमा प्रवेश ,५ घर र १५ गोठ जलेर क्षति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:०२:१५ बजे
  • 2.5K
    SHARES
  • पर्वत पैयुँ डाँडाकाहुँमा जंगलमा लागेको आगो बस्तीमा प्रवेश ,५ घर र १५ गोठ जलेर क्षति

    पर्वत । पर्वत पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर क्षति भएको छ ।डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएको हो ।

    images

    आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छबिलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ ।

    त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।

    घरवारविहीन भएकाहरु अहिले आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगालागीबाट पूर्णरुपमा क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए ।

    त्यसैगरी अन्य सामान्य क्षति पुगेकाहरुालई टेण्ट, र त्रिपाल वितरण गरिएको छ । आगलागीबाट मानविय क्षति नभएपनि केही पशुचौपाया मरेका छन् ।

    आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology