Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा २ महिनादेखि पानीको हाहाकार

पोखरामा २ महिनादेखि पानीको हाहाकार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १५:३८:०५ बजे
  • 721
    SHARES
  • पोखरामा २ महिनादेखि पानीको हाहाकार

    पोखरा - लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, २ महिनादेखि लिफ्टिङ पानीको मशिन समेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पुर्याउने भन्ने चिन्ता छ, पोखरा महानगरपालिका ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भने ।

    images

    लामो समयदेखिको खडेरीले यतिखेर स्थानीय पानीको चरम समस्या झेल्दै आएका छन् ।

    स्थानीयको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा २ महिनायता मशिन समेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो ।

    करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि १ गाग्री पानीका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ ।

    पिउने पानीका साथै गाईवस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयले बताएका छन् । पौडेलका अनुसार खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दी लगायतका स्थानमा पुगी स्थानीयले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् ।

    ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि आफूहरू चरम समस्या समस्यामा परेको उनले बताए । रासस

  • सम्बन्धित विषय:

  • # पानीको हाहाकार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology