Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटियो

बागलुङ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १५:४२:३३ बजे
  • 2.2K
    SHARES
  • बागलुङ  मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटियो

    बागलुङ - बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा कोब्रा सर्प भेटिएको हो ।

    images

    सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर सर्प अन्यत्र पठाएको छ ।

    कतिलाका अनुसार किङ कोब्रा नेपालको २ हजार २०० मिटरसम्म पाइन्छ । शुक्रवार भेटिएको स्थान भने १ हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले सर्प १२ फिट लामो र ५ किलोग्रामको भएको बताए ।
     
    सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उनले अनुमान गरे । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताए । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्ने समेत नभएको उनले बताए ।

    ‘यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ,’ उनले भने, ‘विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ ।’

    सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापन समेत गर्नुपर्ने माग गरिएको छ । रासस

  • सम्बन्धित विषय:

  • # किङ कोब्रा सर्प
  • # सर्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology