Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा एकैदिन १४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए

म्याग्दीमा एकैदिन १४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १४:४०:४४ बजे
  • 1.6K
    SHARES
  • म्याग्दीमा एकैदिन १४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए
    म्याग्दीमा एकैदिन १४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

    आइसोलेसनमा उपचार गराइरहेका १४ जना पुरुषको पछिल्लो स्वाब नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

    भारत र खाडी मुलकको विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनीहरुलाई कोरोना पुष्टि भएपछि खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेसनमा राखिएको थियो ।

    भारत, खाडी मुलुक र युरोपका देशमा रोजगारी गुमेर, अप्ठ्यारोमा परेपछि अलपत्र परेका म्याग्दीका ४५० जनालाई उद्दार गरेर ल्याइएको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology