Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँ भानु आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

तनहुँ भानु आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १५:४९:४६ बजे
  • 1.2K
    SHARES
  • तनहुँ भानु आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

    दनौली । तनहुँको भानु नगरपालिका ४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल २३ नम्बर मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो।

    images

    प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो। डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ जना प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराईले जानकारी दिए। हिउँदे समय सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ। डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ।

    चैत वैशाखको समयमा वन जङ्गलमा अत्यधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिमसमेत गठन गरिएको छ।

    यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौँ”, उनले भने, डढेलो लागेको थाहा पाउनेबित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ।

    जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन्। जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन रहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology