Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अवस्था असामान्यतिर कोरोना

अवस्था असामान्यतिर : पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना पुष्टि

अवस्था असामान्यतिर : पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १७:१६:१४ बजे
  • 2.6K
    SHARES
  • अवस्था असामान्यतिर : पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना पुष्टि

    पोखरा - पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यो परीक्षण गरिएका कुल नमूनाकाे नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण गरिएको नमूनामध्ये पाँच प्रतिशत भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ । आज थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

    यस्तै एक सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । अहिले नेपालमा दुई हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology