Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको एक फर्निचर उद्योगमा भीषण आगलागी , नियन्त्रणको प्रयास अझै जारी

बागलुङको एक फर्निचर उद्योगमा भीषण आगलागी , नियन्त्रणको प्रयास अझै जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १०:०८:३७ बजे
  • 979
    SHARES
  • बागलुङको एक फर्निचर उद्योगमा भीषण आगलागी , नियन्त्रणको प्रयास अझै जारी

    बागलुङ-बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

    images

    गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् ।

    आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो ।

    क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । फर्निचरका सबै सामग्री जलेका छन् ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • # भीषण आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology