स्याङ्जा - करेन्ट लगाई माछा मार्ने क्रममा स्याङ्जामा एक युवाको मृत्यु भएको छ ।
शनिबार दिउसो स्याङ्जा भिरकोट नगरपालिका ७ हेलु स्थित आधिखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भिरकोट ७ लामाचौरका ३४ वर्षीय विवेक खाँणको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार मेन लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएका खाँणको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।