Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वत जलजलाका घास काट्न भनी घरबाट निस्केका युवक मृत फेला

पर्वत जलजलाका घास काट्न भनी घरबाट निस्केका युवक मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १०:१६:०५ बजे
  • 1.8K
    SHARES
  • पर्वत जलजलाका घास काट्न भनी घरबाट निस्केका युवक मृत फेला

    पर्वत - पर्वतको जलजला गाउँपालिकामा घास काट्न भनी घरबाट निस्केका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    images

    घाँस काट्नका लागि घरबाट निस्किएका जलजला ७ का ३५ वर्षीय मकरबहादुर केसी शनिबार दिउँसो मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार बिहानै घाँस काट्न निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

    गाउँदेखि केही दुरीमा पर्ने  सल्यानको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि थप खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    घाँस काट्न जाने क्रममा भिरबाट लडेर २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology