Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बसपार्क स्थित एक गेस्ट हाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत फेला

बसपार्क स्थित एक गेस्ट हाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १३:५१:०२ बजे
  • 3.6K
    SHARES
  • बसपार्क स्थित एक गेस्ट हाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत फेला

    काठमाडौँको गोंगबु नयाँ बसपार्क स्थित एक गेस्ट हाउसमा एक पुरुष मृत फेला परेका छन्। आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

    images

    शनिबार राति सुनेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्। गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको हो। गेस्ट हाउसले राखेको रेकर्ड अनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको देखिएको एसपी बस्नेतले बताए।

    क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए। क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो। धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।

    प्रहरी स्रोतले भन्यो, केही शंका यी दुईमाथि भएकोले पोष्टमार्टम रिपोर्ट नआउञ्जेल अनुसन्धान गर्नुपर्ने देखिन्छ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology