Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १८:३२:०२ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा - नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    २४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।

    बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology