Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १८:३९:४९ बजे
  • 1.1K
    SHARES
  • बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

    बर्दिया - बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।

    images

    त्यही बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

    हात्तीको आक्रमणबाट बोहराको मृत्यु भएको भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो। इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

    टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको डिएसपी शाहीले बताए।

    केही दिनअघि बर्दियामा बाघले आक्रमण गरी मानिसको ज्यान लिएको थियो। यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भएको छ।

     

  • सम्बन्धित विषय:

  • # हात्तीको आक्रमण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology