Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा गोलीकाण्ड प्रकरण : फरार व्यक्ति पोखरा सिम्पानीबाट पक्राउ

पोखरामा गोलीकाण्ड प्रकरण : फरार व्यक्ति पोखरा सिम्पानीबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • २२:४४:४४ बजे
  • 4.8K
    SHARES
  • पोखरामा गोलीकाण्ड प्रकरण : फरार व्यक्ति पोखरा सिम्पानीबाट पक्राउ

    पोखरा - दुई महिना अघि पोखरा महानगरपालिका वडा नं १७ महतगौंडा (सितापाईला) मा भएको गोलीकाण्ड प्रकरणमा संलग्न फरार व्यक्तिलाई कास्की पक्राउ गरि आज सार्बजनिक गरेको छ ।

    images

    आइतबार (आज) बिहान पोखरा १ सिम्पानीबाट एसपी जीवनकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनामा संलग्न बारा बरियापुर वडा नं . ४ पिपराबृता घर भई पर्सा वीरगञ्ज आदर्श नगरमा अस्थायी बसोबास भएका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई मेटलको काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । पाण्डे पोखरामा मेटल लगायतको काम गर्दै आएका थिए ।

    पोखराको महतगौंडामा गत माघ २३ गते साँझ ७ बजेको समयमा महतगौँडा नोलौ घुम्ती नजिक पवर्तका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएका थिए । आफू माथि गोली प्रहार भयो भन्दै पर्वतको मोदी ८ चित्रे घर भई पोखरा २४ पामे बस्दै आएका मनोज चोट बोकेर बाइकमै बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनको दाहिने कोखा (पेट)मा घाउको प्वाल थियो ।

    प्रहरीले तत्कालै उहाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेकोमा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको एसपी श्रेष्ठले बताए । बिकको दाहिने कोखामा अगाडिपट्टी प्वाल परी पछाडि ढाडको भागमा समेत चोट देखिएको थियो ।

    सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै बताएको थियो । अन्ततः गोली नै लागेको पुष्टि भएको कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

    पक्राउ परेका पाण्डेको साथबाट ३ राउण्ड गोली, मोबाइल र पर्स पनि बरामद गरिएको छ । वायरिङको काम गर्ने बिक र मेटलको काम गर्ने पाण्डेबीच के कुरामा रिसईबी भयो भन्नेबारे प्रहरीले अहिल्यै खुलाएको छैन । पाण्डे अरु घटनामा पनि संलग्न भएको हुनसक्ने र उनले प्रयोग गरेको पेस्तोल नभेटिएकाले पनि प्रहरीले थप विवरण सार्वजनिक गर्न मानेन ।

    घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

     

     

  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology