पोखरा- पोखरामा १५ बर्षीया बालिकालाई जबर्जस्ती करणी मुद्धामा एक युवक पक्राउ परेका छन् । १५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिई जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा शनिबार २३ वर्षीय ईश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धादिङ निलकण्ठ नगरपालिका वडा नं.९ घर भएका ईश्वर कास्की पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल बस्दै आएका थिए ।
आफ्नो कोाठबाटै उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्धामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।