Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्याक्टर दुर्घटना

चितवनमा कामदार सवार ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु , १७ जना घाइते

चितवनमा कामदार सवार ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु , १७ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • २३:००:०५ बजे
  • 2.7K
    SHARES
  • चितवनमा कामदार सवार ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु , १७ जना घाइते

    चितवन । चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

    images

    उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । मृतकहरुको विवरण भने अझै सम्म खुलेको छैन ।

    वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीकाे अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology