तनहुँ - १२ बर्षीय बालकलाई कुटेर हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका ५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ रहेकाक्छन् ।
आईतसिंले चैत २४ मा आँबुखैरेनी ५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो
शव उत्खनन गरेर पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टि