Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वतमा करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

पर्वतमा करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:११:३९ बजे
  • 937
    SHARES
  • पर्वतमा करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी

    पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।

    images

    जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा वर्षेनी सयौं हेक्टर जमिनमा आगलागी हुने गरेको छ ।

    वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा वा सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा सुख्खायाममा धेरै आगलागी हुने गरेको छ ।

    गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology