Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रूपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

रूपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:२७:५१ बजे
  • 2.3K
    SHARES
  • रूपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

    रूपन्देही - रूपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत् तीन जनाको मृत्यु भएको हो।

    images

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।विष्णु गौतमका अनुसार कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरूष र रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

    गत चैत २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका पुरूषको सोमबार बिहान सवा सात बजे मृत्यु भएको गौतमले जानकारी दिए। त्यस्तै, तिलोत्तमाकी महिलाको पनि बिहान साढे सात बजेतिर मृत्यु भएको हो।

    उनी गत चैत २३ गते अस्पताल भर्ना भएकी थिइन्।

    मृतक दुवै जनामा कोरोना संक्रमणसँगै निमोनियाको समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिका ५ की ७९ वर्षीय महिलाको पनि मृत्यु भएको छ। सोमबार बिहान साढे नौ बजे बुटवलकै कोरोना विशेष अस्पतालमा मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology