Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:२९:४९ बजे
  • 2.3K
    SHARES
  • मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

    मकवानपुर - मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। सोमबार बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए।

    images

    मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।

    डिएसपी रिमालका अनुसार पाख्रिन दम्पतीलाई करेन्ट लागेपछि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेपछि उनीहरूलाई अस्पतालले सवा नौ बजे मृत घोषित गरेको थियो।

    'घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान-श्रीमती मिलेर उठाउन खोजेका रहेछन्। त्यहीक्रममा करेन्ट लागेर दुबै जना त्यहीँ बेहोस भएका रहेछन्,'डिएसपी रिमालले भने,'त्यसपछि अस्पताल लगिएको रहेछ। चिकित्सकले पछि मृत घोषित गरिदिए।'

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology