Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना सङ्क्रमणबाट तनहुँ र पोखराका दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट तनहुँ र पोखराका दुई जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १८:१४:३९ बजे
  • 1.6K
    SHARES
  • कोरोना सङ्क्रमणबाट तनहुँ र पोखराका दुई जनाको मृत्यु

    गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एकएक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images

    कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।आज मृत्यु भएका दुई संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको निर्देशनालयले जनाएको छ ।

    4.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology