तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका ४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।