Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सेवा प्रवाहमा लापर्बाही र रक्सी खाएर आएको भन्दै मालपोत रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

सेवा प्रवाहमा लापर्बाही र रक्सी खाएर आएको भन्दै मालपोत रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १८:४०:५८ बजे
  • 427
    SHARES
  • सेवा प्रवाहमा लापर्बाही र रक्सी खाएर आएको भन्दै मालपोत रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

    रुकुम पश्चिम । सेवा प्रवाहमा लापर्बाही र रक्सी खाएर कार्यालयमा आएको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    images

    सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। प्रकाउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जनाए।

    खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology