Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोठमा बाख्रालाई घाँस हाल्न गएकी लक्ष्मी गुरूङको गोरखामा पहिरोमा पुरिँदा मृत्यु

गोठमा बाख्रालाई घाँस हाल्न गएकी लक्ष्मी गुरूङको गोरखामा पहिरोमा पुरिँदा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १७:२२:५८ बजे
  • 1.8K
    SHARES
  • गोठमा बाख्रालाई घाँस हाल्न गएकी  लक्ष्मी गुरूङको गोरखामा पहिरोमा पुरिँदा मृत्यु
    अविरल वर्षाका कारण पहिरो जादाँ  एक महिलाको ज्यान गएको छ ।

    पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा  घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो ।

    सोमबार बिहान फुजेलको कौदीमा पहिरोमा परी स्थानीय लक्ष्मी गुरुङ्गको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले बताए ।

    सडक भासिएर गोठमाथिबाट खसेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको र पहिरोमा ४–५ वटा बाख्रा पनि पुरिएको बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology