Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुनःनिर्माण बाँकी रहे पनि धरहरा वैशाख ११ गते उद्घाटन गरिने

पुनःनिर्माण बाँकी रहे पनि धरहरा वैशाख ११ गते उद्घाटन गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • १०:५३:२४ बजे
  • 898
    SHARES
  • पुनःनिर्माण बाँकी रहे पनि धरहरा वैशाख ११ गते उद्घाटन गरिने

    पोखरा - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्।

    images

    भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए। भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।

    भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

    सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको उनको भनाइ थियो।रासस

  • सम्बन्धित विषय:

  • # धरहरा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology