Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरखामा ट्युसन पढ्न विद्यालय जादाँ ट्याक्टरबाट खसेर विद्यार्थीको मृत्यु

गोरखामा ट्युसन पढ्न विद्यालय जादाँ ट्याक्टरबाट खसेर विद्यार्थीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • ११:१०:२४ बजे
  • 712
    SHARES
  • गोरखामा ट्युसन पढ्न विद्यालय जादाँ ट्याक्टरबाट खसेर विद्यार्थीको मृत्यु

    गोरखा । गोरखामा ट्युसन पढ्न विद्यालय जादाँ ट्याक्टरबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ।

    images

    गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो।

    गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर ढकालको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार ‘ट्युसन पढ्न विद्यालय गएका विद्यार्थी ढकालको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, उनले भने।

    चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology