Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महेन्द्र रत्न माध्यामिक विद्यालय बरंजामा सामाजिक बिकास मन्त्री नरदेवी पुन मगर द्वारा छात्रावास सिलन्यास

महेन्द्र रत्न माध्यामिक विद्यालय बरंजामा सामाजिक बिकास मन्त्री नरदेवी पुन मगर द्वारा छात्रावास सिलन्यास

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

चैत्र ३१, २०७७ मंगलवार • २२:२४:२६ बजे
  • 3.6K
    SHARES
  • महेन्द्र रत्न माध्यामिक विद्यालय बरंजामा सामाजिक बिकास मन्त्री नरदेवी पुन मगर द्वारा  छात्रावास सिलन्यास

    म्याग्दी जिल्लाको मंगला गाँउपालिका ३ बरंजामा अवस्थित महेन्द्र रत्न माध्यामिक विद्यालयमा छात्रावास निर्माण हुन लागेको छ । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुन मगरले आज छात्रावासको सिलन्यास गर्नु भएको हो । प्रदेश सरकारको ५० लाख अनुदानमा महेन्द्र रत्न माध्यामिक विद्यालय मंगला ३ बरंजामा छात्रावास निर्माण हुन लागेको हो ।

    images

    2.jpeg

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुन मगर रहनु भएको थियो, भने विशिष्ट अतिथिमा मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोका, सामाजिक बिकास मन्त्रीको निजि सचिव चन्द्रमणि सापकोटा, स्वकीय सचिव प्रकाश पौडेल रहनु भएको थियो ।

    त्यसैगरी अतिथिहरुमा मंगला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कबिन्द्र रोका, वडा नम्बर ४ को  कार्यवाहक अध्यक्ष मनमाया चोचाङ्गे, वडा नम्बर ३  गाउँपालिका सदस्य सरदेवि भट्टचन,वडा नम्बर ३ बाट दिलमाया वि.क, ३/४ का वडा सदस्यहरु लिला वि.क, चन्द्र दत्त सापकोटा, दल बहादुर घर्ती , याम  बहादुर वि.क, मन बहादुर थजाली,सुकमाया वि.क, राजनीतिक दलका प्रतिनिधिहरु : एमाले वडा नम्बर ३/४ कुल बहादुर थापा,कलाधर कँडेल, नेकपा माओवादी वडा नम्बर ३/४ गंगाधर आचार्य, उमेश वि.क, नेपाली काङ्ग्रेस वडा नम्बर ३/४ टेक बहादुर छन्त्याल,लाल बहादुर रोका , रा.प्र.पा वडा नम्बर ३/४ गंग प्रसाद शेरचन, टंकनाथ कँडेल, मंगला शिक्षा क्याम्पस,संचालक समिति उपाध्यक्ष यसोदा रोका, महेन्द्र रत्न मा.विका प्र.अ कृष्णलाल सापकोटा, महेन्द्र रत्न आधारभुत विद्यालयका प्र.अ जग बहादुर रोका, जनप्रिय आधारभुत विद्यालय खर्कका प्र.अ याम प्रसाद घर्ती, जनप्रिय आधारभुत विद्यालय बुकेनिका प्र.अ शंखलाल रोका, दुर्गा आधारभुत विद्यालयका प्र.अ गुप्त बहादुर भण्डारी, मण्डली आधारभुत विद्यालयका प्र.अ दिनेश पुन, शिवालय आधारभुत विद्यालयका प्र.अ टीका प्रसाद रोका, अरनिको आधारभुत विद्यालयका प्र.अ फुलमाया वि.क, विश्वज्योति आधारभुत विद्यालयका प्र.अ तुलसी रोका, शि.अ.स.का अध्यक्ष खिमनाथा आचार्य रहनु भएको थियो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा भवनको सिलन्यास गरिएको थियो ।

    3.jpeg

    राष्ट्रिय पुन निर्माण द्रारा बनाएको छात्रावास भवन पनि मन्त्री द्वारा अवलोकन गर्नु भयो । अहिले गण्डकी प्रदेश सरकारले शिक्षालाई प्राथमिकता दिएको छ । अब आउने दिनमा साधारण शिक्षालाई प्राबिधिक शिक्षामा लैजाने तयारी गरेको बताउनु भयो । उहाँले चाइनाको हाइनान प्रान्त संग भगिनी सम्बन्ध कायम गरेको थियौ  । त्यही भगिनी सम्झौता अनुसार गण्डकी प्रदेश सरकारले वर्षको ४ वटा उच्च शिक्षाको लागि छात्रवृत्ति मार्फत त्यहाँ पठाउने गरेको छ । त्यस ४ जना मध्यमा बरंजा बाट पनि एक जना चेली त्यहा गएर अध्यन गर्न सफल भएको जानकारी दिनु भयो ।साथै उहाले आफ्ना नानी, बाबुहरुको भविष्यलाई उज्ज्वल बनाउन अभिभावकको महत्त्वपूर्ण भुमिका रहेको हुँदा यस कुरामा ध्यान दिनु पनि ध्यानाकर्षण गराउनु भएको थियो ।

    स्कुललाई आवश्यक परेको अन्य भौतिक निर्माणको बारेमा मन्त्री संग छलफल भएको छ । छिटै त्यसको लागि पनि बजेट उपलब्ध गराउने मन्त्री द्वारा प्रतिबद्धता जाहेर गर्नु भएको महेन्द्र रत्न माद्यामिक विद्यालयका प्र.अ कृष्णलाल सापकोटाले मयूरपाटी अनलाइन संग बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology