Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइँदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १, २०७८ बुधवार • ११:२८:५८ बजे
  • 1.3K
    SHARES
  • सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने बिसु पर्वको रौनक बढेको छ। यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ।

    images

    बिसु पर्व मनाउन विवाहिता छोरीचेलीमा आ आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ। यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन्।

    पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन। धनगढीको ट्रफिक चोकमा भेटिएका डोटीका डिल्लीराज जोशीले वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको विदा मागेर घर फर्किएको बताए।

    कोरोना भाइरस सङ्क्रमणको समस्याले यात्रा केही असहज भयो, सङ्क्रमणको अवस्था कस्तो हुन्छ, फर्किन सकिने अवस्था भए केही दिनको बसाइपछि पुनः भारत फर्किने सोचमा छु उनले भने।

    कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन्।

    यो पर्वमा देवर भाउजू, साली भिनाजु, नन्द भाउजू, जेठानी देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ।

    यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन हो स्थानीयवासी भोजराज बडूले भने, तराईमा सिस्नु नपाउँदा भने सिस्नुपानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था भने छैन।

  • सम्बन्धित विषय:

  • # बिसु पर्व
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology