Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुप्से झरनामा आएको बाढी

रुप्से झरनामा आएको बाढीले पक्कीपुल सहित बस र घर बगायो

रुप्से झरनामा आएको बाढीले पक्कीपुल सहित बस र घर बगायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १९:००:३७ बजे
  • 3.3K
    SHARES
  • रुप्से झरनामा आएको बाढीले पक्कीपुल सहित बस र घर बगायो
    मुस्ताङ पुग्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको म्याग्दीको रुप्से झरनाको पक्की पुल सोमबार बगाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनामा सोमबार ठूलो बाढी आउँदा बेनी जोमसोम सडक खण्डक अन्तर्गत रुप्से खोलामा रहेको पक्की पुल बगाएको हो ।

    रुप्से झरनामा आएको बाढीले होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको भन्ने सुचना प्राप्त भएको तर यकिन जानकारी नआएको प्रहरी नायब उपरिक्षक किरण जंग कुँबरले बताए ।

    बाढीले रुप्से झरनाको फेदीमा रहेको होटल पनि बगाएको स्थानीयलेले बताएका छन। स्थानीयका अनुसार होटल छेवैमा राखिएको एउटा बस र एक्साभेटर पनि बगाएको बताइेको छ । 

    दिउसो रुप्सेको शिरमा ठूलो बर्षा भएको अनुमान गरिएको छ । यदपी विस्तृत विवरण आउन भने बाँकी रहेको कुँबरले बताए ।

    यसै गरी म्याग्दीखोलाको पानीको सतह पनि बढेको छ । वर्षा भइरहेको र नदीमा पानीको सतह बढेकाले नदी तटीय क्षेत्रका वस्तीलाई सर्तक हुन प्रहरीले अनुरोध गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology