Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा राति झगडा हुँदा ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने शेर्पा पक्राउ

पोखरामा राति झगडा हुँदा ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने शेर्पा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १, २०७८ बुधवार • १३:०९:१४ बजे
  • 2.9K
    SHARES
  • पोखरामा राति झगडा हुँदा ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने शेर्पा पक्राउ

    पोखरा - पोखरामा ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    images

    सोमबार राति पोखरा -४ गणेश टोलमा झगडा हुँदा स्याङ्जा अर्जुनचौपारी २ घर भई पोखरा -१५ राम बजार बस्ने चुत्र बहादुर गुरुङमाथि खुडा प्रहार गर्ने पोखरा ५ पर्स्याङ निवासी २१ वर्षीय रोशन शेर्पालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

    खुडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते अवस्थामा भेटिएका गुरुङलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको थियो ।

     घटना पश्चात् भागेका लामा एक घण्टापछि घटनास्थल भन्दा २ सय मिटर पर बेहोस भएको नाटक गरी ढलेको अवस्थामा पक्राउ परेका हुन् । शेर्पालाई ज्यान मार्ने उद्योग अन्तर्गत सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # खुडा प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology