पोखरा - कास्की प्रहरीले स्कुटर चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई मंगलवार पक्राउ गरेको छ ।
कास्की रुपा गा.पा वडा नं. ४ स्यालडाँडा बस्ने २० बर्षीय सन्तोष परियारलाई प्रहरीले डाँडाकोनाकवाट पक्राउ गरेको हो ।छिनेडाँडाबाट हराएको स्कुटर डाँडाकोनाकमा फेला परेको छ।
स्कुटर धनीलेछिनडाँडाबाट हराएको भनि सूचना दिएका थिए । सुचनाको आधारमा प्रहरीले खोजी थालेको थियो । चोरीका स्कुटर सहित प्रहरीले मंगलवार परियारलाई पक्राउ गरेको हो ।
उनी विरुद्व चोरी मुद्दा अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।