Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वर्गद्वारी दर्शनको लागि जाने क्रममा प्यूठानमा जिप दुर्घटना,प्रशासकीय अधिकृत सहित पाँच जनाको मृत्यु

स्वर्गद्वारी दर्शनको लागि जाने क्रममा प्यूठानमा जिप दुर्घटना,प्रशासकीय अधिकृत सहित पाँच जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १, २०७८ बुधवार • १५:३१:२८ बजे
  • 700
    SHARES
  • स्वर्गद्वारी दर्शनको लागि जाने क्रममा प्यूठानमा  जिप दुर्घटना,प्रशासकीय अधिकृत सहित पाँच जनाको मृत्यु

    दाङ- स्वर्गद्वारी दर्शनको लागि जाने क्रममा प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार नयाँ वर्षको दिन विदा पारेर स्वर्गद्वारी दर्शन गर्न आएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र तिनका परिवारका सदस्य सवार जिप दुर्घटना भएको हो। लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी रुमालेका दुर्घटनामा परेको थियो।

    जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, सवारी चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    प्रशासकीय अधिकृत र सवारी चालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा र अन्य तीनजनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भिग्रीका प्रहरी नायव निरीक्षक बुद्धिप्रसाद रानाले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology