Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको ढोरपाटन खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला

बागलुङको ढोरपाटन खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १२:१३:३३ बजे
  • 925
    SHARES
  • बागलुङको ढोरपाटन खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

    images

    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

    शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology