Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङ हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

लमजुङ हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १२:१७:०३ बजे
  • 1.2K
    SHARES
  • लमजुङ हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

    लमजुङ - लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

    images

    घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । मृतक दुई किशोरीसँगै अन्य दुईजना साथी पनि घाँस काट्नसँगै गएका थिए ।

    सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् ।

    दुवैको शव बेसीशहर नगरपालिका ८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # डुबेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology