Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १३:१४:४८ बजे
  • 2.1K
    SHARES
  • राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

    पोखरा - राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो ।

    पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ ।

    सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology