Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुटवलमा हत्या गरी शवलाई बागलुङमा ल्याएर गाड्ने एक जना पक्राउ

बुटवलमा हत्या गरी शवलाई बागलुङमा ल्याएर गाड्ने एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • २१:५०:२६ बजे
  • 3.5K
    SHARES
  • बुटवलमा हत्या गरी शवलाई बागलुङमा ल्याएर गाड्ने एक जना पक्राउ

    पोखरा - बागलुङमा गाडिएको अस्थामा फेला परेको शव एक महिनाअघि हराएका बुटवलका व्यवसायीको रहेको खुलेको छ ।

    images

    बुटवल–११ कालिका नगरमा सियोर जब डटकम व्यवसाय गर्दै आएका नारायण बसेल बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम बेसीमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

    देवचुली नगरपालिका ३, केवरानी नवलपरासी स्थायी ठेगाना भएका ३२ वर्षीय बसेल चैत ४ गते साँझदेखि सम्पर्कविहीन भएका थिए । चैत ५ मा उनका दाजु भागीरथ बसेलले प्रहरीमा उजुरी दिएका थिए ।

    हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय चलाउँदै आएका मित्रलाल खनाल छन् । मुख्य आरोपी उनका दाजु गौरीशंकर खनाल भने फरार छन् । उनीहरु बाग्लुङको ढोरपाटन नगरपालिका २ रिनामका स्थायी बासिन्दा हुन् ।

    आर्थिक लेनदेनका कारण बसेललाई बुटवलमा हत्या गरी शव बाग्लुङ लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । आरोपितले प्रहरीलाई दिएको बयानअनुसार गौरीशंकरले साझेदारीमा व्यवसाय गर्ने भन्दै १२ लाख रुपैयाँ लिएका थिए । पछि कुरो नमिलेपछि बसेलले व्यवसायबाट हात झिकेका थिए ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology