Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चट्याङ लागी दुई जनाको मृत्यु

चट्याङ लागी दुई जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३, २०७८ शुक्रवार • ०९:४८:३३ बजे
  • 2.9K
    SHARES
  • चट्याङ लागी दुई जनाको मृत्यु

    भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । गएराति हावाहुरी सहितको वर्षाका क्रममा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो ।

    images

    मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

    भोजपुरकी मनमायाको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।

    मनमायापनि विहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङबाट बेहोस भइ लडदा टाउकोमा चोट लागेर घाईते भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology