Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चट्याङ लागी स्याङजा र बागलुङमा दुई जनाको मृत्यु,घाइते एकजनाको पोखरामा उपचार हुदैँ

चट्याङ लागी स्याङजा र बागलुङमा दुई जनाको मृत्यु,घाइते एकजनाको पोखरामा उपचार हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३, २०७८ शुक्रवार • ०९:५५:४७ बजे
  • 3.7K
    SHARES
  • चट्याङ लागी स्याङजा र बागलुङमा दुई जनाको मृत्यु,घाइते एकजनाको पोखरामा उपचार हुदैँ

    पोखरा - हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

    images

    बाग्लुङको ताराखोला गाउँपालिका २ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला ५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले बताए ।

    बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।

    गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    चट्याङ लागेर पर्वतको जलजला ८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology